नाप तौल सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
7 महीना पहिले प्रकाशित
रामेछाप । दैनिक रुपमा व्यवसाय क्षेत्रमा प्रयोग हुने नाप तौलका साधन र त्यसको प्रयोग सम्बन्धि जनचेतना कार्यक्रम मन्थलीमा बुधबार सम्पन्न भएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले आयोजना गरेको उक्त कार्यक्रमको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए । श्रेष्ठले राज्यले संरचना बनाएर राखेर मात्र नागरिकले सेवा नपाउने भन्दै आ आफ्नो कार्यक्षेत्र भित्र परेका कामलाई समुदाय स्तर सम्म लैजान सक्नुपर्ने वताए । कतिपय कानुन कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै कानुन बनाएर त्यसको उपयोग गरिएन भने हामीले केहि काम गर्दैनौं ।
‘यो हाम्रो हो, यो मेरो मान्छे हो भनेर छुट दिदा समुदायमा हामीले विश्वास गुमाउदै गयौं ’ श्रेष्ठले भने – त्यसैले राज्यले प्रवाह गर्ने सेवा समयमानै प्रवाह गर्ने र गलत गर्नेलाई कानुनी कारवाहिको दायरामा ल्याउनु पर्नेभयो । उनले समुदायका कमजोर व्यक्तिले पनि राज्यले दिने सेवा सुविधा उपयोग गर्न सक्ने अवस्थाको श्रृजना गर्नुपर्नेमा जोड दिए ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले कानुन जान्दिन भनेर कसैले पार पाउन नसक्ने भन्दै आफ्ना नाप तौलका सामाग्री परिक्षण गराउन र प्रमाण पत्र लिएर मात्र कारोवार गर्न व्यवसायीहरुलाई आग्रह गरे । उनले रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा ३ बर्ष पछि रामेछापमा गुणस्तर तथा नापतौल कार्यालयको डोर आएको हुदाँ सवैले सेवा लिन आग्रह गरे । थापामगरले रामेछाप जिल्लाका दुर दराजमा रहेका व्यवसायीले पनि सो कार्यालयको सेवा पाउनु पर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले पहल नगरेकोमा दुखेसो गरे । गुणस्तरका नाप तौलका सामाग्री मन्थली र रामेछाप नगरपालिकामा मात्र भएर हुदैन थापामगरले भने – दुर्गममा रहेका व्यवसायी र नागरिकका लागि पनि यो सेवा अत्यावश्यक रहेको छ ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका कार्यालय प्रमुख सुनिलकुमार यादव र उद्योग वाणिज्य कार्यालय रामेछापका प्रमुख प्रमोद सिंखडाले व्यवसाय गर्दा अपनाउनु पर्ने कानुनी पक्षहरु बारेमा कार्यपत्र प्रश्तुत गरेका थिए ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको अध्यक्षतामा भएको उक्त कार्याक्रममा संघका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष दिपक घिमिरेले व्यवसाय क्षेत्रमा नापतौलका सामाग्रीबाट हुने कमीकमजोरीलाई हटाउन र व्यवसायी तथा उपभोक्ताको हितको संरक्षण गर्नका लागि साक्षरता कार्यक्रमले सहयोग पुगेको वताएका थिए । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।
रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा रामेछापमा मंगलबार देखि गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको डोरले व्यवसायीले प्रयोग गर्ने यन्त्र उपकरणको परिक्षण र प्रमाण पत्र नविकरणको काम थालेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
