रामेछाप । कक्षा १२ को परिक्षाका लागि खटाइएका रामेछापका १३ जना केन्द्राध्यक्षहरुले मंगलबार शिक्षा विकास तथा समन्वय ईकाई रामेछापलाई संयुक्त निवेदन लेखि कक्षा १२ को परिक्षामा केन्द्राध्यक्षको जिम्मेवारी पुरा गर्न नसक्ने जनाउ दिएका छन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा भएको आन्दोलनमा ऐक्यबद्धता जनाउदै कक्षा १२ को परिक्षामा सामेल हुन नसक्ने केन्द्राध्यक्षहरुको निवेदनमा उल्लेख गरीएको छ । महासंघले कक्षा १२ को परिक्षामा सामेल नहुन आव्हान गरेकोले विद्यालयका शिक्षक तथा कर्मचारीहरुको समेत उक्त परिक्षामा सहयोग नहुने केन्द्राध्यक्षहरुले निवेदनमा उल्लेख गरेका छन् ।
कक्षा १२ को परिक्षा संचालन गर्नका लागि रामेछापको मन्थली, खिम्ती, साँघुटार, सालु, रामेछाप, बाम्ती, ठोसे, दोरम्बा, बेथान, खाँडादेवि, गुन्सी, लखनपुर र मुगिटारमा परिक्षा केन्द्र तोकि केन्द्राध्यक्षको जिम्मेवारी दिइएको थियो ।
