व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शुरु
8 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य मंगलबार देखि मन्थलीमा शुरु भएको छ । उक्त परिक्षण कार्य एक साता सम्म हुने जनाइएको छ ।
मन्थली नगरपालिका, उद्योग वाणिज्य कार्यालय र रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा नाप तौलका उपकरणहरुको जाँच कार्य गुणस्तर तथा नापतौल कार्यालय जनकपुर (डोर ) बाट हुनेछ । उक्त कार्यालयले विभिन्न पेशा व्यवसायीले प्रयोग गर्ने यन्त्र उकरणको परिक्षण गरी नविकरण समेत गर्ने जनाइएको छ ।
मंगलबार रामेछाप उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख सुनिलकुमार यादवले विगत २ बर्ष देखि रोकिएको नापतौलका यन्त्र उपकरणहरुको परिक्षण गर्ने कार्य अव सहज रुपमा गर्ने वताए । यादवले विगतमा देखिएका समस्याहरुको समाधानमा कार्यालय सदैव तयार रहेको भन्दै उद्योग वाणिज्य संघ र आवद्ध अन्य संघ संस्थाको समन्वयमा काम गर्ने वताए ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले विगत २ बर्ष देखि रामेछापका व्यवसायीले आफ्नो व्यवसायमा प्रयोग गर्ने यन्त्र उपकरणको परिक्षण कार्य गर्न नसकेकोमा समस्या झेल्नु परेको वताए । उनले कार्यालयको सहकार्यमा हुने परिक्षण शिविरमा रामेछापका सवै व्यवसायीहरुलाई आफ्ना यन्त्र उपकरण परिक्षण गराई कानुनी कारवाहिबाट बच्न पनि आग्रह गरे । नाँप तौल र यस सँग सम्बन्धित कानुनी ज्ञान को अभावमा रहेका व्यवसायीहरुलाई यन्त्र उपकरण परिक्षणका साथै कानुनी साक्षरता शिविर संचालनको माग गरे ।
व्यवसायमा प्रयोग हुने नाँप तौलका यन्त्र उपकरण, मिटर र लिटरको हरेक बर्ष परिक्षण गराउनु पर्ने र त्यस्ता यन्त्र उपकरणमा गुणस्तर तथा नाप तौल कार्यालयबाट टाँचा लगाउनु पर्ने व्यवस्था विद्यमान छ । नाँप तौल बाट परिक्षण नगराएका यन्त्र उपकरणबाट वस्तु तथा सामानको व्यवसाय गरेमा कानुनी कारवाहि हुने कानुनी व्यवस्था छ ।
यसैविच रामेछापका व्यवसायीहरुले गुणस्तर तथा नाँपतौल कार्यालय अपायक भएको भन्दै यसअघीनै सरकारको ध्यानाकर्षण गराउदै आएका थिए । तर सरकारले उक्त समस्याको बारेमा हाल सम्म चासो दिएको छैन् ।
कमेन्ट गर्नुहोस्
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
12 घन्टा पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
22 घन्टा पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार
रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..
2 दिन पहिले
सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..
रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..
3 दिन पहिले
संवाददाता
