रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं जादै गरेको निजी कार लाई विपरित दिशाबाट आईरहेको टिपरले ठक्कर दिदा दुर्घटना भएको छ । दुर्घटनामा परेको कारमा रहेका दुई विदेशी पर्यटक र चालक तीनै जना सुरक्षित रहेका छन् । कारमा ठुलो क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक विश्वनाथ यादवले दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको जनाएका छन् । उनले दुर्घटनास्थलमा नेपाल प्रहरी र ट्राफिक पुगिसकेको वताएका छन् ।
