+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका अध्यक्षको गुनासो

7 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गाउँपालिकाले कुनै काम गर्न नसकेको गुनासो गरेका छन् ।

शुक्रबार राति संचारकर्मीहरुलाई सन्देश पठाउदै नेकपा एमाले बाट गाउँपालिकामा निर्वाचित अध्यक्ष श्रेष्ठले भनेका छन् – असी प्रतिशत नेकपा एमालेका जनप्रतिनिधि हुदाँ पनि काम गर्न सकिएन । उनले वडा अध्यक्षहरुलेनै बारम्बार गाउँपालिकाको निर्णय र त्यसको कार्यान्वयनमा बाधा उत्पन्न गरीरहेको वताएका छन् । जनप्रतिनीधिकै असहयोगका कारण गाउँपालिकामा कुनै कर्मचारी नटिक्ने र जसका कारण पालिकाले कार्यसम्पादनमा समस्या झेल्नु परेको गुनासो श्रेष्ठको छ ।

पछिल्लो पटक गाउँपालिकाबाट नदीजन्य सामाग्रीको ठेक्का नलागे पछि अमानतबाट पैसा उठाउने काम गरेको तर अमानतमा उठ्नु पर्ने जति रकम नउठेपछि असुल उपरका लागि ताकेता गर्ने भन्ने निर्णय गाउँ कार्यपालिका बाट गराएकोमा उक्त निर्णयमा आफुलाई जानकारी नगराई ३ दिन पछि ५ जना वडा अध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृतकोमा पुगेर नोट अफ डिसेन्ट लेखेको भन्दै श्रेष्ठले भनेका छन् – गाउँपालिकामा यति धेरै समस्या हुदाँ पनि पत्रकारहरु कता हुनुहुन्छ ? ।

अध्यक्ष श्रेष्ठले विगतमा नेकपा एमालेका जनप्रतिनिधिले भन्दा आफुले राम्रो काम गर्न खोजेको भन्दै त्यसको प्रमाण गाउँपालिकाको बेरुजु रहेको औल्याएका छन् । पहिलेका जनप्रतिनिधिहरुले विभिन्न वेतिथि गरेको उनको आसय रहेको छ ।

श्रेष्ठ आफ्नै वडाका वडाअध्यक्ष पुष्कर कार्की संग अरु भन्दा बढी चिढीएका छन् । कार्की र उनको विभिन्न विषयमा यस अघी पनि मतमतान्तर हुदै आएको छ । कार्कीकै नेतृत्वमा अन्य जनप्रतिनिधिहरुले आफुलाई असहयोग गरेको उनले दावि गरेका छन् । साथै श्रेष्ठले यसअघी भएका समस्याहरुको समाधानमा पार्टीले पहलकदमी गरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले