+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क

7 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जलेर मृत्यू भएका सैनिकको सम्झनामा उक्त अस्पताल परिसरमा सैनिक स्मृति पार्कको निर्माण गरिएको छ । पार्कको निर्माण डिभिजन बन कार्यालय, नेपाली सेनाको खड्ग दल गण र रामेछाप नगरपालिकाको समन्वयमा भएको हो ।

स्मृति पार्कको नेपाली सेनाको ९ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले शुक्रबार उद्घाटन गरेका छन् । सैनिक पार्क अव सर्वसाधारणका लागि खुला हुने जनाइएको छ । पार्क भित्र सैनिकको प्रतिमा र बगैंचा रहेको छ । पार्क भित्रै तत्कालिन माओवादी सशस्त्र युद्धका बेला दोरम्बामा माओवादी पक्षबाट मारिएकी स्वास्थ्यकर्मी रेलिमाई तामाङको सम्झनामा निर्माण गरिएको स्तुपा समेत रहने छ । यसअघी तत्कालिन नेपाली सेनाकै सक्रियतामा निर्माण गरिएको स्तुपा जिर्ण भएकोले पुननिर्माण गरिएको हो ।

२०६६ साल बैशाख १० गते वादीपाखाबाट सुरु भएको बन डढेलो जिल्ला अस्पताल नजिकै आउन थालेपछि तत्कालिन श्रीजंङ्ग गणबाट आगो नियन्त्रणका लागि सैनिक परिचान गरिएका थिए । तलबाट अस्पताल तर्फ आउदै गरेको डढेलो निभाउन गएका मध्ये आगोमा जलेर १३ जना सैनिकले ज्यान गुमाएका थिए । उक्त घटना सैनिक ईतिहासमै दुखद घटनाको रुपमा लिने गरिएको छ ।

नेपाली सेनाले रामेछाप व्यारेक भित्र पनि सो घटनामा मारिएका सैनिकको स्मृतिमा प्रतिमा निर्माण गरी यस अघीनै सम्मान गर्दै आएको थियो । स्मृति पार्कको सुभारम्भका अवसरमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र खड्ग दल गण रामेछाप व्यारेकका प्रमुख सेनानी प्रमोद पौडेल र जनप्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले