रामेछाप । आज अपरान्ह परेको असिना पानीले लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३,४ र ५ मा ठुलो क्षति पु¥याएको छ । असिना सगंै परेको मुसलधारे पानीले धोवि आसपास कृषि बालिमा क्षति गरेको हो । धोविका निरज खड्काका अनुसार आलु, मकै र अन्य बालिनाली असीनाले क्षति गरेको छ । धेरै बेर सम्म असिना परेकोले धोवि आसपासका पाखाहरु सेताम्मे भएका छन् ।
यसैविच मन्थली नगरपालिकाका विभिन्न भागमा परेको मुलसधारे पानीका कारण भलबाढीले विभिन्न स्थानमा क्षति गरेको छ । भुत्याहाखोलामा आएको बाढीले केहि बेर पुष्पलाल सडक खण्ड अवरुद्ध गरेको थियो । खोला र खोल्सीहरुमा आएको बाढीले मकै बालीमा सामान्य क्षति पु¥याएको छ । बर्षाले पु¥याएको थप क्षतिका बारेमा विवरणहरु आउन बाँकी छन् ।
