रामेछाप । रामेछापको मन्थली नगरपालिका ३ कठजोर ढाँटीमा आज केहि बेर अघी यात्रुवाहक जीप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमानै मृत्यू भएको छ । मृत्यू हुनेमा ६३ बर्षिय कृष्णनारायण श्रेष्ठ र १० बर्षिया बालिका भूमिका श्रेष्ठ रहेका छन् ।
कठजोरबाट गएको टोली सारदा देवि मन्दिर ऐरमबासमा पुजा अर्चना सकेर फर्कने क्रममा बा १६ च ६४७६ नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा एक दर्जन भन्दा बढी घाईते छन् । घाईतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला सदरमुकाम मन्थली तर्फ पठाइएको छ ।
सडकबाट चिप्लिएर किनारमा पुगेको जीप त्याहाँ भाँसिएपछि दुर्घटनामा परेको जनाइएको छ । घटनाको जानकारी हुनासाथ प्रहरीहरु घटनास्थलमा पुगेका छन् । थप बिवरण आउन बाँकी छ ।
