+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मौसम विग्रदा लुक्ला उडान ठप्प

8 महीना पहिले प्रकाशित

रामेछाप । लुक्ला र रामेछाप तर्फको मौसम विग्रदा रामेछाप विमानस्थलबाट विहानै देखि लुक्ला तर्फका उडान हुन सकेका छैनन् ।

केहि दिन देखि लगातार लुक्लाको मौसम हवाई उडानका लागि अनुकुल थिएन । बारम्बार उडानहरु रद्ध भएका कारण रामेछाप विमानस्थलमा लुक्ला जानका लागि सयौं पर्यटक प्रतिक्षारत छन् । केहि हेलिकप्टर चार्टर गरेर र केहि जीप लिएर फाप्लु हुदै सुर्के तर्फ गएका छन् ।

रामेछापमा अहिले पानी पर्न छोडेको र मौसम सुधार हुदै गएको छ । तर लुक्लामा भने बाक्लो बादल लागिरहेकोले उडान हुने नहुनेमा अझै अन्यौल छ । आज हेलिकप्टर पनि उडेका छैनन् ।

रामेछाप विमानस्थलमा तारा, सीता र समिट एयरले मौसम खुल्ने वित्तिकै उडान गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुका जहाज रामेछाप विमानस्थलमानै रात्रीकालिन पार्किङ गरेर विहानै देखि उडान गर्ने गरीएको थियो । मौसम खुलेको वेलामा रामेछापबाट लुक्लाका लागि सरदर ५० उडान हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले