रामेछापको बाम्ती आउदै गरेको बस दाउन्नेमा दुर्घटना हुदाँ ११ यात्रु घाईते
8 महीना पहिले प्रकाशित
रामेछाप । काठमाडौँबाट रामेछापको वाम्ती तर्फ आउदै गरेको अरनिकाे यातायात समितिको बस काभ्रेको रोशी गाउँपालिकाको दाउन्नेमा दुर्घटना परेको छ । प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडक किनारबाट पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीले बताएका छन् ।
दुर्घटनामा परेर ११ जना यात्रु घाइते भएका छन् । घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको गिरीले जानकारी दिए ।
सामान्य घाइतेहरूको मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यात्रुवाहक बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि चिप्लिएर सडक किनारबाट खसेको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
