रामेछाप । काठमाडौँबाट रामेछापको वाम्ती तर्फ आउदै गरेको अरनिकाे यातायात समितिको बस काभ्रेको रोशी गाउँपालिकाको दाउन्नेमा दुर्घटना परेको छ । प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडक किनारबाट पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीले बताएका छन् ।
दुर्घटनामा परेर ११ जना यात्रु घाइते भएका छन् । घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको गिरीले जानकारी दिए ।
सामान्य घाइतेहरूको मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यात्रुवाहक बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि चिप्लिएर सडक किनारबाट खसेको थियो ।
