रामेछाप । राजावादिले आव्हान गरेकाे कार्यक्रमकाे समाचार संकलन गर्ने क्रममा हत्या गरिएका पत्रकार सुरेश रजककाे १३ ‌अाै दिनकाे स्मृतिमा रामेछापका पत्रकारले बुधबार साँझ मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरेका छन् । 

नेपाल पत्रकार महासंघ रामेछापको आयाेजनामा भएको साे कार्यक्रममा श्रद्धाञ्जली सभा गरिएको थियाे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष दीपक घिमिरे लगायत रामेछापका पत्रकारहरूले रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको निन्दा गर्दै दीप प्रज्वलन गरेका  थिए । समाचार संकलनकाे क्रममा रहेका बेला घर भित्र जलाएर पत्रकारको हत्याका दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग सहित महासंघले देशव्यापी विराेधका कार्यक्रम गर्दै आएकाे छ ।