काठमाडौ । राजावादीहरुले आव्हान गरेको आन्दोलनको क्रममा काठमाडौंको तिनकुनेमा रिपोटिङ गर्दै गर्दै गर्दा लागो लगाएर मारिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकका परिवारलाई रामेछापका पत्रकारहरुले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

न्यून वेतनधानी श्रमजिवि पत्रकार मारिदा निज संग आश्रित परिवारजनलाई आर्थिक रुपमा पर्ने संकटमा थोरै भएपनि मलमपट्टी लगाउने उद्धेश्यले उक्त रकम उपलव्ध गराईएको हो ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सदस्यहरुले स्वच्छिक रुपमा प्रदान गरेको रकम सोमबार पत्रकार हिमाल ढुंगेल सहितको टोलीले स्वर्गीय रजकको परिवारलाई हस्तान्तरण गरेको महासंघ रामेछापले जनाएको छ ।