+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

खाँडादेवि मन्दिरमा सरकारी पुजा

3 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप प्रशिद्ध शक्तिपिठको रुपमा रहेको खाँडादेवि मन्दिरमा आईतबार खाँडादेवि विकास कोषले पुजा अर्चना गरेको छ । खाँडादेविमा यो पुजा सरकारी खर्चमा अर्थात कोषको खर्चमा हुने गरेको छ । बर्षमा एक पटक शक्तिपिठ देविको पुजाआजा कोषले गर्दै आएको हो ।

कोषका अध्यक्ष शेरवहादुर तामाङले खाँडादेवि मन्दिरमा पुजा आजा सरकारी ढुकुटीबाटै गराउने ईच्छा भएपनि हाल सम्म सफल नभएको वताएका छन् । दोलखा भिमसेनकोझै खाँडादेविमा पुजा गरेको प्रसाद र तिलक राष्ट्रपतिकोमा पठाउन ईच्छा भएको उनले वताए ।

खाँडादेवि मन्दिरको ईतिहास विक्रम सम्बत १२१२ देखि भेटिएको छ । यद्यपी त्यसको पुष्टि भने भएको छैन् । खाँडादेविमा मनले चिताएको कुरा मागेमा पुरा हुने जनविश्वास रहेको छ । मन्दिरमा दशैंको नवरात्रीमा पञ्चवली सहित पुजा अर्चनाका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा पञ्चवलीका साथै अन्य वलि समेत चढाउने गरीएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मन्थली माविका ३४ शिक्षक सम्मानित

रामेछाप । मन्थली माविमा अध्यापन गर्ने ३४ जना शिक्षकहरुलाई शुक्रबार एकै साथ सम्मान गरिएको छ । माविमा लामो अवधि दे..

15 घन्टा पहिले

नगरले दियो किसानलाई दुधमा अनुदान

रामेछाप । मन्थली नगरपालिकाले गाईभैसी पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्धेश्यले यस बर्ष पनि दुधमा अनुदान ..

20 घन्टा पहिले

कुलायनको गुरु चेलाहरुबाट सम्मानित

रामेछाप । बिहिबार गुरु पुर्णिमाको अवसरमा सामाजिक सञ्जालमा धेरैले आफ्ना गुरु सम्झदै उनीहरु प्रति नमन गरे । उनीहर..

21 घन्टा पहिले

एकै थलोमा दुई थरी उपचार सेवा

रामेछाप । मन्थली अस्पताल संचालन भइरहेको रामेछापको मन्थली १ आकाशेमा अव आयुर्वेद उपचार सेवा समेत थप भएको छ । यसअघी ..

22 घन्टा पहिले

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको अनुरोध

रामेछाप-जिल्ला प्रशासन कार्यालय रामेछापले नदी तटीय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरे..

4 दिन पहिले