रामेछाप । रामेछाप प्रशिद्ध शक्तिपिठको रुपमा रहेको खाँडादेवि मन्दिरमा आईतबार खाँडादेवि विकास कोषले पुजा अर्चना गरेको छ । खाँडादेविमा यो पुजा सरकारी खर्चमा अर्थात कोषको खर्चमा हुने गरेको छ । बर्षमा एक पटक शक्तिपिठ देविको पुजाआजा कोषले गर्दै आएको हो ।
कोषका अध्यक्ष शेरवहादुर तामाङले खाँडादेवि मन्दिरमा पुजा आजा सरकारी ढुकुटीबाटै गराउने ईच्छा भएपनि हाल सम्म सफल नभएको वताएका छन् । दोलखा भिमसेनकोझै खाँडादेविमा पुजा गरेको प्रसाद र तिलक राष्ट्रपतिकोमा पठाउन ईच्छा भएको उनले वताए ।
खाँडादेवि मन्दिरको ईतिहास विक्रम सम्बत १२१२ देखि भेटिएको छ । यद्यपी त्यसको पुष्टि भने भएको छैन् । खाँडादेविमा मनले चिताएको कुरा मागेमा पुरा हुने जनविश्वास रहेको छ । मन्दिरमा दशैंको नवरात्रीमा पञ्चवली सहित पुजा अर्चनाका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा पञ्चवलीका साथै अन्य वलि समेत चढाउने गरीएको छ ।
