रामेछाप । लागू पदार्थको प्रयोग बढ्न थालेको आशंका सहित रामेछाप प्रशासनले शंकास्पद स्थानमा सुरक्षा निगरानी बढाउने तयारी थालेको छ ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सुरक्षा अधिकारी र सरोकार राख्ने पक्षका प्रतिनिधिहरु विच भएको अन्तरक्रिया बैठकमा लागू पदार्थको कुलतमा केहि विद्यार्थी सम्म फस्दै गएको निष्कर्ष निकालिएको थियो ।
सदरमुकाम आसपास लागू पदार्थ सेवन गरी केहि दिन यता विभिन्न खालका घटना भएका र श्रोतहरुले दुव्र्यसन बढ्दो मात्रामा रहेको सूचना दिएपछि स्थानीय प्रशासनले सुरक्षा अधिकारी र सरोकारवाला पक्षलाई शुक्रबार बोलाएर अन्तरक्रिया गरेको हो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सो कार्यमा संलग्न व्यक्ति ,प्रयोगकर्ता , विक्रि वितरण तथा ओसारपसारमा संलग्न , शंकास्पद स्थान तथा संभावित क्षेत्रहरुमा निगरानी बढाउने बताए । दुर्बेसनी रोक्न विद्यालय तह , अभिभावक ,शिक्षक , सरोकारवाला र समाजका सबै पक्षहरुलाई सहयोग गर्न प्रअिज पौडेलले आग्रह गरेका छन् ।
