रामेछाप । बाक्लो तुँवालोका कारण रामेछापबाट आज विहानै देखि लुक्लाका लागि उडान हुन सकेका छैनन् । लुक्लाका लागि आज झण्डै ३३ वटा उडान तालिका रहेको थियो । जसमध्ये सोलुको फाप्लु विमानस्थलका लागि एक उडान बाहेक आज रामेछाप विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् । मन्थली आसपासका केहि दिन देखि बाक्लो तुँवालो लाग्दै आएको छ ।

रामेछाप नागरिक उडड्यन कार्यालयका एटिसी संजय श्रेष्ठका अनुसार बाक्लो तुँवालोले ढाकेपछि रामेछाप तर्फको उडान रोक्नु परेको हो । हिजो अस्ती लुक्लाको मौसमका कारण तोकिएका उडान गर्न सकिएको थिएन, आज रामेछापबाटै उडान रोक्नु परेको छ श्रेष्ठले वताए ।

उक्त प्रविधियुक्त उपकरण जडान नभएका साना जहाज आँखाले हेरेको भरमा उडान र अवतरण गराउनु पर्छ । उडान गर्नका लागि कम्तिमा ५ किलोमिटर पर सम्म देखिनुपर्ने तर आज रामेछापमा ४ किलोमिटर भन्दा पर नदेखिएकोले उडान रोक्नु परेको श्रेष्ठले वताए । रामेछाप विमान स्थलमानै विमान राखेर निजी क्षेत्रका तारा, समिट र सीता एयरले लुक्ला केन्द्रीत उडान गर्दै आएका थिए । मुख्य र यो सिजनमा लुक्लाका प्राय अधिकांश उडान रामेछाप विमानस्थलबाटै हुने गरेका छन् ।

तीन दिन देखि मौसमका कारणले उडान प्रभावित हुदाँ लुक्ला तर्फ जाने पर्यटकहरु रामेछाप विमानस्थलमा रोकिनु परेको छ । केहिले हेलिकप्टर चार्टर गरेर उडान गरिरहेका छन् । हेलिकप्टर उडानका लागि भने मौसमले बाधा पु¥याएको छैन् । आज मात्र ७ वटा उडान हेलिकप्टरका भइसकको श्रेष्ठले वताए ।

जहाजलाई मौसमले बाटो छेकेपछि केहि पर्यटकहरु सडक मार्ग भएर फाप्लु तर्फ लागेको जनाइएको छ । फाप्लु हुदै सुर्के नजिकै सम्म सडक मार्ग पुगेकोले पर्यटकहरु गाडि रिजर्भ गरेर त्यसतर्फ गएका हुन् ।