+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

तुँवालोले छेक्यो लुक्लाको उडान

8 महीना पहिले प्रकाशित

रामेछाप । बाक्लो तुँवालोका कारण रामेछापबाट आज विहानै देखि लुक्लाका लागि उडान हुन सकेका छैनन् । लुक्लाका लागि आज झण्डै ३३ वटा उडान तालिका रहेको थियो । जसमध्ये सोलुको फाप्लु विमानस्थलका लागि एक उडान बाहेक आज रामेछाप विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् । मन्थली आसपासका केहि दिन देखि बाक्लो तुँवालो लाग्दै आएको छ ।

रामेछाप नागरिक उडड्यन कार्यालयका एटिसी संजय श्रेष्ठका अनुसार बाक्लो तुँवालोले ढाकेपछि रामेछाप तर्फको उडान रोक्नु परेको हो । हिजो अस्ती लुक्लाको मौसमका कारण तोकिएका उडान गर्न सकिएको थिएन, आज रामेछापबाटै उडान रोक्नु परेको छ श्रेष्ठले वताए ।

उक्त प्रविधियुक्त उपकरण जडान नभएका साना जहाज आँखाले हेरेको भरमा उडान र अवतरण गराउनु पर्छ । उडान गर्नका लागि कम्तिमा ५ किलोमिटर पर सम्म देखिनुपर्ने तर आज रामेछापमा ४ किलोमिटर भन्दा पर नदेखिएकोले उडान रोक्नु परेको श्रेष्ठले वताए । रामेछाप विमान स्थलमानै विमान राखेर निजी क्षेत्रका तारा, समिट र सीता एयरले लुक्ला केन्द्रीत उडान गर्दै आएका थिए । मुख्य र यो सिजनमा लुक्लाका प्राय अधिकांश उडान रामेछाप विमानस्थलबाटै हुने गरेका छन् ।

तीन दिन देखि मौसमका कारणले उडान प्रभावित हुदाँ लुक्ला तर्फ जाने पर्यटकहरु रामेछाप विमानस्थलमा रोकिनु परेको छ । केहिले हेलिकप्टर चार्टर गरेर उडान गरिरहेका छन् । हेलिकप्टर उडानका लागि भने मौसमले बाधा पु¥याएको छैन् । आज मात्र ७ वटा उडान हेलिकप्टरका भइसकको श्रेष्ठले वताए ।

जहाजलाई मौसमले बाटो छेकेपछि केहि पर्यटकहरु सडक मार्ग भएर फाप्लु तर्फ लागेको जनाइएको छ । फाप्लु हुदै सुर्के नजिकै सम्म सडक मार्ग पुगेकोले पर्यटकहरु गाडि रिजर्भ गरेर त्यसतर्फ गएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले