उत्कृष्ट शिक्षक शिक्षिका सम्मानित
8 महीना पहिले प्रकाशित
रामेछाप । रामेछाप जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट पठनपाठन गर्दै आएको मन्थली माविले विद्यालयको अविभावक दिवसको अवसर पारेर दिघ्र सेवा गर्ने र उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको छ ।
विद्यालयका प्रअ डाक्टर टंकप्रसाद दाहालका अनुसार मंगलबार भएको विद्यालयको अविभावक दिवसका अवसरमा उनीहरुलाई सम्मान पत्र र उपहार सहित सम्मान गरिएको हो । सम्मानीत हुनेमा दीर्घ सेवा गरेका २ जना र उत्कृष्ठ २४ जना रहेका छन् । समारोहमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ मन्थली १ का वडा अध्यक्ष हाेमप्रसाद पाैडेल लगाएतले शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका थिए ।
जिल्लाको सबैभन्दा बढी विद्यार्थी रहेको मन्थली माविमा सवै तहमा अध्यापन गराउने शिक्षक शिक्षिका र विद्यालय कर्मचारी सहित ७६ जनाले सेवा गर्दै आएका छन् । उक्त माध्यमिक विद्यालयमा हाल झण्डै १ हजार ९ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । विद्यालयको सिकाई उपलव्धि जिल्लाका सामुदायिक विद्यालय मध्येको उत्कृष्ट रहदै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीको अध्यक्षमामा भएको अविभावक दिवसमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि लगाएतले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
