रामेछाप । राजावादीहरुले आव्हान गरेको कार्यक्रमको समाचार संकलन गर्ने क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको अनुसन्धान गर्न र हत्यारालाई हदै सम्मको कारवाहि गर्नुपर्नेमा रामेछापका पत्रकारहरुले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखाले मंगलबार मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका केन्द्रीय सदस्यले हत्याको सम्बन्धमा भएका अनुसन्धानलाई चाडो टुग्याउन र हत्या भएका पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन माग गरेका छन् । उनले हत्यारा जो सुकै भएपनि कानुन बमोजिम कारवाहिको दायरामा ल्याउनु पर्नेमा जोड दिदै पत्रकारहरुले सुरक्षित भएर कर्तव्य निर्वाह गर्ने वातावरण हनुपर्ने वताए ।

महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष दिपककुमार घिमिरेको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व जिल्ला अध्यक्षहरु बद्री नयाँघरे, हिमाल ढुंगेल, रमेश ढुंगेल, टीकाप्रसाद भट्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल प्रेस युनियनी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठ र प्रेस चौतारीका अध्यक्ष लेखवहादुर बिक लगाएतले नेपालमा पत्रकारहरु माथि हुने बारम्बारका हमला र त्यसमा पत्रकारीता क्षेत्रले भोग्नु परेको क्षतिका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

महासंघले आव्हान गरेका विरोध कार्यक्रमहरु अन्तरगत रामेछापमा क्रियासिल पत्रकारहरुले अन्तरक्रिया गरेका हुन । यस अघी महासंघले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण वुझाउनुको साथै हत्याको अनुसन्धान गरी कारवाहिको माग गर्दै सडकमा धर्ना तथा विरोध कार्यक्रम सम्पन्न गरेका थिए ।