पत्रकारले गराए प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण
8 महीना पहिले प्रकाशित
रामेछाप । राजावादीहरुको चैत १५ गते काठमाडौंमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा आगो लगाएर हत्या गरेका पत्रकार सुरेश रजकको हत्यामा सम्लग्नको खोजि गरी कानुन बमोजिम हदै सम्मको कारवाहि गर्न रामेछापका पत्रकारहरुले माग गरेका छन् ।
सोमबार नेपाल पत्रकार महासंघले रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र वुझाउदै स्वर्गिय पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेका छन् । साथै उक्त प्रदर्शनका क्रममा संचारमाध्यममा भएको क्षति तथा पत्रकारहरु माथि भएका हमलाको सत्यतत्य छानविन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन, क्षति भएका संचारमाध्यम र संचारसाधन तथा घाईते हुन पुगेका पत्रकारहरुलाई उचित क्षतिपूर्ति दिन सम्म ध्यानकर्षण गराईएको छ । ध्यानाकर्षण पत्रमा पत्रकारहरुलाई सुरक्षाको प्रत्याभुति गरी स्वतन्त्रपूर्वक लेख्न दिने वातावरण वनाउन माग गर्दै त्यसो नभए सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपककुमार घिमिरेले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई उक्त ध्यानाकर्षण पत्र हस्तान्रण गरेका थिए । उक्त कार्यक्रममा रामेछापमा क्रियाशिल पत्रकारहरु र जिल्ला स्थित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महांसघले देशै भरीका सवै जिल्लामा सोमबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण वुझाउने कार्यक्रम सार्वजनिक गरेको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
