रामेछाप । राजतन्त्रको पक्षमा संविधान विपरीत प्रतिगामी र अराजक प्रवृतिका विरुद्ध नेकपा एमाले रामेछापले आज रामेछापको मन्थलीमा वृहत जनप्रदर्शन गरेको छ ।
गणतन्त्रको पक्षमा विभिन्न नारा लगाउदै एमालेका नेता तथा कार्यकर्ताहरुले मन्थली बजार परिक्रमा गरी स्थानीय देबकोटाचोकमा जागरणसभा गरेका थिए ।
जनसभामा नेकपा एमालेका पाेटिलव्यूराे सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज कमलप्रसाद चाैलागाई, केन्द्रिय सदस्य गिता कार्की, बागमति प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेल र जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया लगाएतले जनताको प्रतिनिधि मार्फत बनाइएको संविधानको रक्षा गर्नु सवै नेपालीको कर्तव्य भएको वताएका थिए । उनीहरुले राजतन्त्रको पक्षमा जनमत नभएकाले नेपालमा कुनै पनि हालतमा राजतन्त्र फर्कन नसक्ने ठोकुवा गर्दै संविधानले नचिन्ने राजतन्त्रको नाममा हुने हिंसात्मक गतिविधिको नेकपा एमालेले डटेर प्रटिकार गर्ने वताए ।
