रामेछाप र चितवनका उद्योगी व्यवसायी विच अन्तरक्रिया
8 महीना पहिले प्रकाशित
चितवन । रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीले चितवनका दुईवटा उद्योग वाणिज्य संघमा पुगेर व्यवसायीक क्षेत्र सम्बन्धी अनुभव आदान प्रदान गर्नुका साथै व्यवसायिक सम्बन्ध विस्तार गर्ने कुरामा अन्तरक्रिया गरेका छन् ।
आईतबार रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको नेतृत्वमा चितवनको खैरहनी नगर उद्योग वाणिज्य संघमा पुगेको पदाधिकारीको टोलीले रामेछाप र चितवनका व्यवसायीक क्षेत्रका वर्तमान अवस्था र संभावनाको विषयमा एक अर्का विच चर्चा गरेका थिए ।
चितवनको खैरहनी ठुला र मझौला सयौं उद्योगहरु रहेको शहर हो । उक्त स्थानका उद्योगबाट उत्पादित सामाग्रीको व्यवसायीक क्षेत्र रामेछापमा विस्तार गर्ने र रामेछापमा उत्पादन हुने कृषि र घरेलु उद्योगबाट उत्पादित सामाग्रीको चितवन सम्म वजार विस्तारको संभावनाका बारेमा दुवै उद्योग वाणिज्य संघका पदाधिकारीले अन्तरमन्थन भएको थियो । रामेछापमा व्यवसायीक रुपमा उत्पादन हुने जुनार, किवी र आलुको वजार विस्तार र व्यवसाय विविधिकरणका लागि सहयोग गर्न रामेछापका व्यवसायीहरुले आग्रह गरेका थिए ।
खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनालले रामेछापमा कृषि उपज संग सम्बन्धित उद्योग संचालन गर्न सके किसानहरुलाई आर्थिक रुपमा सवल वनाउन र बाह्य वजार संग लिंंकेज गराउनका लागि सहयोग गर्न सहयोग गर्ने खैरहनी नगर उद्योग वाणिज्य संघ तयार रहेको बचन दिएका थिए ।
आईतबारनै उद्योग वाणिज्य संघ चितवन पुगेको रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीको टोलीले रामेछापमा भएका उद्योग व्यवसाय क्षेत्रका बारेमा प्रकाश पार्दै व्यवसायीक क्षेत्रले भोग्नु परेका समस्या र संभावनाहरुको बारेमा उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी संग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवन र रामेछापको औद्योगिक र व्यवसायीक धरातल फरक रहेको भन्दै दुवै उद्योग वाणिज्य संघले आउदा दिनमा व्यवसायीक सहकार्य गर्न सक्नुपर्नेमा जोड दिए । चितवन औद्योगिक र व्यवसायीक हिसावले नेपालकै अग्रणी उद्योग वाणिज्य संघको रुपमा रहेको छ ।
कार्यक्रमहरुमा दुवै जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भोलीका दिनमा दुई जिल्लाको व्यवसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिएका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
