+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सरकारले हेर्ने गलत दृष्टिकोणका कारण व्यवसायी समस्यामा छन् ः प्रदेश मन्त्री तामाङ

8 महीना पहिले प्रकाशित

हेटौंडा । बागमति प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्री सुकुमाया तामाङले व्यवसायीहरु उत्पादित सामाग्रीको बजार अभाव र सरकारले हेर्ने गलत दृष्टिकोणका कारण समस्यामा पर्दै आएको वताएकी छिन् ।


‘निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा सुधार आवश्यक छ’ तामाङले भनिन् – बागमति प्रदेश सरकारले ढिलै भएपनि व्यवसायमैत्री कानुन तथा निती निर्माण गर्न लागेको छ । हामीले समस्याको रुपमा देखेका कुरामा केहि सुधार गरीसकेका छौं, पहिलेको जस्तो छैन् उनले भनिन् ।


नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशको आठौं प्रदेश सभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै तामाङले भनिन् – महिलाहरु संचालक भएको उद्योग व्यवसाय दर्ता गर्दा लाग्ने शूल्कमा ५० प्रतिशत छुट गरीसकेको र एउटा व्यवसायीले विभिन्न निकायमा पुगेर व्यवसाय दर्ता, नविकरण र कर तिर्नुपर्ने बाध्यताको अन्त्यका लागि काम गरीरहेका छौं । मन्त्री तामाङले व्यवसायीका छोराछोरीले उद्योग व्यवसाय क्षेत्रको अवस्था र संभावनाको बारेमा खोज अनुसन्धान गर्न चाहेमा प्रति विद्यार्थी १० लाख उपलव्ध गराउने योजना अघी सारेको वताईन ।


मन्त्री तामाङले प्रदेश सरकार आउने आर्थिक बर्षकालागि निती तथा कार्यक्रम बनाउने संघारमा रहेकोले व्यवसायीहरुले दिने सुझावहरु वजेट कार्यक्रम मार्फत संवोधन गर्ने प्रतिवद्धता प्रकट गरिन् । तामाङले नेपालको विकासमा उद्योग वाणिज्य क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संविधानले दिएको अधिकार भन्दैमा आन्दोलनका क्रममा व्यवसायीक क्षेत्र माथि हुने ढुंगामुढा रोक्नुपर्ने वताए । ‘जुलुस भयो भने त्यहि उद्योग प्रतिष्ठानमा ढुंगा हान्ने , आगो लगाउने काम भएका छन् ’ ढकालले भने – निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम कहिँ कतैबाट नहोस । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परम्परावादी रहेकोमा उनले रोष पोख्दै भने – हामीले गरेको प्रयासमा केहि सुधार त भए, तर अझै धेरै समस्या हरु छन् ।


उनले देशमा ८० प्रतिशत भन्दा बढी राजश्वको योगदान निजी क्षेत्रको रहेको र देशमा संचालन भएका योजना निर्माण होस या अन्य कार्यमा निजी क्षेत्रले तिरेको राजश्वको भरमा रहेको दावि गरे । सरकारले आगामी आर्थिक बर्षका लागि बजेट तथा कार्यक्रम माथि छलफल चलाइरहेकोले तर्कपूर्ण रुपमा बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने पक्षहरु माथि गम्भिर भएर सुझाव दिन ढकालले व्यवसायीहरुलाई आग्रह गरे ।


नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको उक्त प्रदेश सभामा बागमति प्रदेशका विभिन्न जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले