पत्रकार हत्याको विरोधमा रामेछापमा पत्रकारहरु आन्दोलित
8 महीना पहिले प्रकाशित
रामेछाप । शुक्रबार राजावादीले आव्हान गरेको आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा काठमाडौंको तिनकुने स्थित एउटा घरभित्र जलेर मृत्यू भएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा रामेछापका पत्रकारहरुले शनिबार मन्थलीमा विरोध सभा गरेका छन् ।
नेपाल पत्रकार मसहांघको आव्हानमा भएको उक्त सभामा पत्रकारहरुका अतिरीक्त राजनीतिक दलका अगुवा र सामाजिक संघ संस्थाका प्रतिनिधिले समेत उक्त घटना जघन्य भएको वताउदै दोषिलाई कारवाहि गर्न माग गरी पत्रकारहरुको आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा मन्थलीको देबकोटाचोकमा शनिबार विहान भएको विरोध कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला शाखाका पूर्व अध्यक्षहरु हिमाल ढुंगेल र बद्री नयाँघरे, जिल्ला अध्यक्ष दिपक घिमिरे लगाएतले समाचार संकलन गर्ने जिम्मेवारी निर्वाह गर्दा गर्दै आगोमा लप्कामा परेर ज्यान गुमाएका पत्रकार रजक प्रति श्रद्धाञ्जली प्रकट गर्दै राजावादीहरुको आन्दोलनले स्वतन्त्र पत्रकारीता क्षेत्रलाई निशाना बनाएकोमा रोष प्रकट गरे । उनीहरुले आन्दोलनका क्रममा भएको हत्या हिंसा र लुटपाटको जिम्मा राजावादीले लिनु पर्ने भन्दै राज्यले सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारवाहिको दायरामा ल्याउनु पर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघले शुक्रबार साँझनै परिपत्र गरी देशैभर विरोधका कार्यक्रम संचालन गर्न आव्हान गरेको थियो । महासंघको स्थापना दिवसका अवसरमा आयोजना गर्ने भनिएका सवै कार्यक्रमहरु शनिबार स्थगित गरी पत्रकारहरु संचारकर्मी र संचार माध्यममा भएको हत्या र तोडफोडको विरोधमा उत्रिएका हुन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
