+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

लुक्लाका लागि उड्ने वित्तिकै प्राविधिक समस्या देखिए पछि समिट एयरको जहाज रामेछाप विमानस्थलमै अवतरण

8 महीना पहिले प्रकाशित

रामेछाप । आज विहान रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एयरको विमानमा उड्ने वित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमानै अवतरण गराईएको छ ।


उडेर उचाई लिने क्रममा विमानको ईन्डिकेटरमा समस्या देखापरेपछि चालकहरुले विमानलाई रामेछाप विमानस्थलमानै अवतरण गराएका थिए । विहान ८ बजेर ४५ मिनेट जाँदा रामेछापबाट १५ जना यात्रु बोकेर उडेको आई एन ए के जेड कलसाईनको उक्त जहाजमा देखिएको उक्त समस्यालाई नेपाल नागरिक उडड्यन कार्यालयलाई सामान्य भनेको छ ।


लुक्लामा प्राविधिक जनशक्ति नभएकाले सामान्यनै भएपनि समस्या देखिएपछि जहाजलाई जति सक्दो चाडो प्राविधिक परिक्षणका लागि अवतरण गराउनु पर्ने भएर रामेछाप विमानस्थलमानै तत्कालै ओरालिएको हो । रामेछाप विमानस्थलमा उडान ईन्जिनियरहरु बस्ने तर लुक्लामा ईन्जिनियर नभएकाले त्यसो गरिएको बताइएको छ ।


रामेछाप नागरिक उड्यन कार्यालयका प्रमुख हिरण शाहका अनुसार प्राविधिक समस्या देखिएको उक्त जहाजलाई रामेछाप विमानस्थलमा रहेका ईन्जिनियरहरुले परिक्षण गरी उडान सुरु गरीसकेका छन् । शाहका अनुसार उक्त जहाज अहिले रामेछापबाट काठमाडौं गएको र काठमाडौं बाट फेरी रामेछाप फर्कने कार्यतालिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले