+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पकरवास गाल्वा सडककाे काम सुस्त, गाउँभरी धुलै धुलाे

8 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । पकरवासको सिकारीडाँडा देखि गोगनपानी हुदै गाल्वा पुग्ने सडक अचेल धुलाम्मे छ । सडक कालोपत्र गर्न ठेक्का लागेको झण्डै ४ बर्ष पुग्न थाल्दा स्थानीय बासिन्दाहरुले गुणस्तरिय कालोपत्र सडकमा सहज यात्रा गर्न पाएका त छैनन् नै , दिनहुँ सडकमा उडेको धुलो खाईरहेका छन् । सडक आसपासका बन बुट्यान मात्र हैन, घर भान्सा र सुत्ने कोठामा धुलो पसेर स्थानीय हैरान भएका छन् ।


बागमति प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत २०७८ साल असारमा उक्त सडक कालोपत्र गर्नका लागि ठेक्का लगाएको थियो । १८ महिनामा काम सम्पन्न गर्ने गरी भएको ठेक्का संझौताको २ पटक गरी अर्को १८ महिना म्याद थप भयो । थप भएको म्याद सकिएको पनि ९ महिना वितिसकेको छ । तर काम भने कछुवाको गतिमा छ । निर्माण कार्य सकिने त सुरसारै छैन् । हामीले धुलो कतिन्जेल खाने ? खाँडादेवि ६ का वडा अध्यक्ष नारायण कार्की भन्छन् – ठेकेदारले मन लागेका बेलामा २।४ जना कामदार लगाएको भरमा एक दशकमा पनि सडक कालोपत्र नहुने भयो ।


निर्माण व्यवसायी दिवा–ओमबुद्ध–अर्याल जेभीले सडकको काम थालेको साँढे ३ बर्ष पुग्दा बल्ल ४० प्रतिशत काम सेकेको छ । पूर्वाधार विकास कार्यालय रामेछापका ईन्जिनियर राम रतन साहका अनुसार अहिले सिकारीडाडाँ देखि गोगनपानी खण्डको २ किलोमिटर सडक बेस राखेर कालोपत्र गर्न अन्तिम अवस्थामा पुगेको छ । अन्य दुई किलोमिटर सडकमा बेस गर्नका लागि सामाग्री झरीसकेको छ ।


साहका अनुसार निर्माण व्यवसायीको ढिलासुस्तीको मार कार्यालयले खानु परेको छ । सडक निर्माणको कार्य सुस्त भएको भन्दै स्थानीय बासिन्दा र जनप्रतिनिधिहरु कार्यालयमा धाउने क्रम बढ्दो छ । ‘हामीले पनि निर्माण व्यवसायीलाई सडकको कालोपत्र यथासक्य चाडो सम्पन्न गर्न पटक पटक मौखिक र पत्राचार गरी ताकेता गरिहेका छौं ’ साह भन्छन् – तै पनि काम सुस्तै छ सोचेको जस्तो भएको छैन् । उनले थोरै कामदार लगाएर निर्माणको कार्य भइरहेकोले सडक कालोपत्र गर्ने काम यहि वेलामा सकिने भनेर अहिले भन्न कठिन रहेको वताए ।


बागमति प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भएका बेला कैलाशप्रसाद ढुंगेलले उक्त सडक योजनाको थालनी गराएका थिए । कुल १५ किलोमिटर लामो सो सडक अस्फाल्ट कालोपत्र गर्ने गरी ठेक्का संझौता भएको हो । साहका अनुसार सडक निर्माणका लागि भ्याट र पिएस सहित २६ करोड ८९ लाख ४ हजार १४ रुपैयाँमा ठेक्का संझौता भएको थियो । संझौता रकमको करिव साँढे ३३ प्रतिशत निर्र्माण व्यवसायीले भुक्तानी लिइसकेको छ ।


खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ काममा सुस्तता भएको वताउछन् । ‘केहि अघी सम्म हामी निरास थियौं’ श्रेष्ठले भने – अहिले थोरै काम भएको देखिएको छ, तर संतोषै गर्ने अवस्था चाँहि छैन् । उनले गाउँपालिकाको गोगनपानी देखि फुल्पा हुदै गागल जाने सडकको काम पनि ज्यादै सुस्त भएकोमा चिन्ता प्रकट गरे ।


मन्थली–गाल्वा–चौरी सडक नाम दिइएको उक्त सडकको निर्माण पुरा भएमा पश्चिमी रामेछापको गाल्वा पुग्न सहज हुनेछ । प्रदेश सरकारले चौरीखोला देखि गाल्वा सम्मको सडक कालोपत्र गर्नका लागि अलग्यै ठेक्का लगाएको छ । उक्त सडकको निर्माण समेत भइररहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले