+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

देउताले दृष्टि खोस्यो, सरकारले भत्ता !

8 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । देउताले दृष्टी खोस्यो । सरकारले भत्ता खोस्यो । ओख्रेनी डान्सिङटारका आईते मगर अहिले यहि कुरा मनमा खेलाउदैे दिन काट्छन् । ‘अव सिंहदरवार घर घरमा आउछ भन्थे, हो रहेछ मेरो घरमा पनि सिंहदरवार पस्यो र भत्ता खोस्यो ’ आईतेले भने – के के न होला सिंहदरवार घर घरमा आउला भनेको त त्यहि पो रहेछ, मेरो भत्ता खोस्ने सिंहदरवार’ ।
२०५५ देखि आईतेको एउटा आँखामा समस्या आयो । त्यसबेला एउटा आँखा देख्थे । तर २०६२ सालमा राति सद्धे सुतेका उनी विहान उठ्दा आँखा सुन्नीएको र छोपिएको अवस्थामा उठे । निको होला भने केहि दिन कुरे, झारभुक गरे । तर खुलेन ।


घरमा श्रीमति बाहेक कोहि थिएनन । श्रीमतिले पनि पैसा जुटाउने कुरा सम्भव थिएन । ६० हजारमा बारी बेचें र दैनिक ज्याला तिरेर एक जना साथि लिएर लाहान आँखा अस्पताल पुगे । त्यहाँ पुग्दा डाक्टरले आँखाको पानी मरिसकेकाले उपचार हुदैन भनेर आईतेलाई निराश बनाएर फर्कादियो । मगरलाई काठमाडौंको तिलगंगा आँखा अस्पतालमा पुग्दा तै उपचार होला कि भन्ने लागेर घरै नआई सिघै काठमाडौं हानिए । तर तिलगंगा अस्पतालले पनि लाहानकै जसरी उपचार हुदैन भनेर आईतेलाई भनेपछि उनी छाङाबाट खसेजस्तै भए । दुवै आँखा नदेखे पनि मर्न सकिने रहेछन् । ओख्रेनी फर्केपछि मेरा दुख्खका दिन सुरु भए, मगरले भने – श्रीमति पञ्चमायाले मागिजुगि अन्न ल्याएर पालनपोषण गर्दै आएकी थिईन । तर उनी पनि २०७६ सालमा वितिन । ५ बर्ष भयो मेरा सास्ती अरु थपिए, दुवै आँखा देख्दीन, छामेर कतिन्जेल वसुँला र ? ।


उनले खाना बनाउने बेला धेरै पटक आगोको पोलाई भेटेका छन् । घरमा साहारा छैनन्, कतै हिड्नु पर्दा घर बाहिर डिलमा आएर कराउछन्, साहारा खोज्छन्, । ‘एक त गाउँमा मानिस नै छैनन्, कोहि भई हालेपनि हामी जस्तालाई डो¥याउन हम्मेसी को तयार हुन्छन् र ? ’ आफ्नो जिवन देखि निराश भईसकेका मगर भन्छन् – कष्ट सहेर दिनदिनै मर्दै बाँच्दै गरेको छु ।


दुवै आँखा बन्द भएपछि राज्यले उनलाई पूर्ण अपाङगको सूचिमा राखेर रातो कार्ड दिएको थियो । रातो कार्ड पाएकाको सामाजिक सुरक्षा भत्ता पनि राम्रो आउथ्यो – तीन महिनामा ११ हजार ९ सय ७० रुपैयाँ । भत्ता आएको बेलामा उनले गाउँलेको सहयोग मागेर अन्न बेसाउथे , त्यहि अन्न आफ्नै घरको अँगेनु छामछामछुमछुम गरेर पकाउथे र खान्थे । तर एक बर्ष अघी नगरपालिकाले उनले पाएको रातो कार्ड खोसिदियो । ‘अहिले निलो कार्ड दिएका छन्, मैले सहि गर्दिन भने, बलजफ्ति त्यहि कार्ड दिएर गए ’ मगरले दुखेसो गरे – अहिले ३ महिनामा ६ हजार ३ सय ८० रुपैयाँ आउछ, त्यसले मैले के गर्नु ? । ‘लाटालाटिले आँखा देख्छन्, काम गर्न सक्छन्, आफै खाना बनाएर खान सक्छन् उनीहरुलाई चाँहि रातो कार्ड छ ,हामी दुवै आँखा नदेख्नेलाई चाँहि निलो कार्ड दिने सरकारको चाँहि आँखै फुटेको रछ’ मगरले रोष प्रकट गरे ।


गाउँमा सार्वजनिक सुनुवाई हुन्छ भनेपछि नागरिकता र अपाङग कार्ड बोकेर छिमेकी केरवहादुर थापामगर सगैं डोरिदै २ घण्टा लगाएर आईतबार च्यास्कु निस्केका मगरले त्याँहा प्रश्न भने गरेनन् । कार्यक्रम स्थलको छेउमा अरुले राखिएको कुर्सीमा बसेका उनले प्रश्न राख्ने कसलाई भन्ने कुराको मेलै पाएनन् । अरुको भाषण सुन्नु भन्दा पनि आफ्नै पिरलोमा रुमल्लिएका उनलाई कार्यक्रम सकिएपछि फेरी केरवहादुरले हतेर्दै उठाए र त्यहि हरियो कार्ड गोजिमा थमाएर डान्सिङटारको ओरालो तिर तान्दै लगे ।


रामेछाप नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख विमला कुमारी शर्मा भने संघीय कानुनमा दुवै आँखा नदेख्नेलाई निलो कार्ड दिने उल्लेख भएकाले त्यस्तो हुन गएको बताउछिन् । पहिले रातो कार्ड पाउने लाई अहिले निलो दिएको हो, संघीय कानुन भन्दा माथि गएर नगरपालिकाले कार्ड वितरण गर्न सक्ने कुरा भएन शर्माले भनिन् । त्यसअघी नगरपालिकाले अपाङ्गको अवस्थाको आधारमा स्थानीय आधार बनाएर कार्ड वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले