+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछापको रामपुरमा डढेलोले ७ घरगोठ जले, आगो नियन्त्रण बाहिर

8 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप नगरपालिका –५ को बेलटारबाट सल्केको डढेलोले २ घर र ५ वटा गोठ जलेका छन् । मंगलबार दिउसो रामपुरको बेलटारबाट सल्केको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । डडेलोले घरमा भएका अन्नपात र पशु चौपाय समेत मरेका छन् ।


रामेछाप ५ का वडाअध्यक्ष हरिश्चन्द्र श्रेष्ठका अनुसार स्थानीय ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा डढेलो फैलिएको छ । अहिले बसन्त सामुदायिक बनमा डढेलो लागिरहेको वडा अध्यक्ष श्रेष्ठले वताएका छन् ।


रामपुरको डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय , सुरक्षाकर्मी ,जनप्रतिनिधी र स्थानीय बासिन्दाहरुले प्रयास गरीरहेका छन् । डढेलोका कारण रामेछाप नगरपालिकाले बर्षेनी ठुलो क्षति वेहोर्दै आएको छ । जिल्लाको दक्षिणी भागमा पर्ने रामेछाप अत्यन्त सुख्खा रहेको, अधिकांश भिरालो जग्गा भएको र सल्ला प्रजातिका विरुवा भएकाले डढेलो नियन्त्रणका लागि कठिन हुने गरेको छ ।


रामेछाप अस्पताल नजिकको वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा १३ जना सैनिकले ज्यान गुमाएको घटना रामेछापका लागि सधैं त्रासदी वनेर वसेको छ । दुई बर्ष अघी सुकाजोरको रजाईछाप, गत बर्ष टार र आसपासको क्षेत्रमा लागेको डढेलोले दर्जनौ घर जलेका र करोडौंको सम्पत्ति स्वाहा भएका थिए । २०८० सालमा बन ऐन जारी गरेको रामेछाप नगरपालिकाले केहि दिन अघी मात्रै सामुदायिक बनका पदाधिकारीहरुलाई बन व्यवस्थापन र डढेलो नियन्त्रणका लागि  अभिमुखीकरण गर्ने अभियान थालेको थियो । ग्रामिण क्षेत्रमा युवा जनशक्ति घटदै गएको, बन पैदावार संग जोडिएको सम्बन्ध आधुनिकता सगैं विस्तारै घटदै गएकाले बन व्यवस्थापनमा समस्या हुँदा बन डढेलो लाग्ने क्रम बढ्दो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले