+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

निर्माण व्यवसायी महासंघद्धारा मूल्यवृद्धि खारेजिको माग

8 महीना पहिले प्रकाशित

रामेछाप । बागमति प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेजीको माग गरेको छ ।  महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्माण सामाग्रीको मूल्यवृद्धि सगैं कार्टेलिङ र कालोबजारी गर्नेलाई कारवाहि गर्न महासंघले माग गरेको छ । विज्ञप्तिमा मूल्यवृद्धि तुरुन्त नियन्त्रण र रोकथाम गर्न आग्रह गरिएको छ ।


निर्माण कार्य हुने मूख्य सिजनमा ईन्धन र कुनैपनि कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा सिमेन्टमा प्रतिवोरा ३ सय सम्म र फलामे छडमा प्रति केजि १४ रुपैयाँ सम्म मूल्यवृृद्धि गरीएको महासंघको जिकिर छ । महासंघले मूल्य वृद्धि भएको सिमेन्ट र छडको मूल्य घटाउने सम्बन्धमा यस अघी महासंघले सम्बन्धित उत्पादक संग भएको सहमति हाल सम्म कार्यान्वयनका नआएकोमा चिन्ता जनाएको छ ।


निर्माण सामाग्रीमा मूल्यवृद्धि र गरेको कामको भुक्तानी अभाव लगाएतका कारण बाट नेपालको निर्माण व्यवसाय क्षेत्र संकटमा परेको र यसका कारण अन्ततः पूर्वाधार खर्च बढन गई नेपाल सरकारको सार्वजनिक निकायहरुमानै आर्थिक बोझ थपिने जानकारी हुदाँहुदै मूल्यवृद्धि गर्ने पक्षलाई कारवाहि गर्नुको साटो तिनैको हितमा बोल्ने काम राज्यबाटै भएकोमा बागमति प्रदेश निर्माण व्यवसायी महासंघले भत्र्सना समेत गरेको छ ।


महासंघका महासचिव चन्द्रकुमार वाईवाद्धारा हस्ताक्षरित विज्ञप्तिमा मूल्यवृद्धि, कालोवजारी, कार्टेलिङ विरुद्ध सशक्त प्रतिवाद गर्न निर्माण व्यवसायी र आमउपभोक्ताहरुलाई आव्हान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले