रामेछाप । बागमति प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेजीको माग गरेको छ ।  महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्माण सामाग्रीको मूल्यवृद्धि सगैं कार्टेलिङ र कालोबजारी गर्नेलाई कारवाहि गर्न महासंघले माग गरेको छ । विज्ञप्तिमा मूल्यवृद्धि तुरुन्त नियन्त्रण र रोकथाम गर्न आग्रह गरिएको छ ।


निर्माण कार्य हुने मूख्य सिजनमा ईन्धन र कुनैपनि कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा सिमेन्टमा प्रतिवोरा ३ सय सम्म र फलामे छडमा प्रति केजि १४ रुपैयाँ सम्म मूल्यवृृद्धि गरीएको महासंघको जिकिर छ । महासंघले मूल्य वृद्धि भएको सिमेन्ट र छडको मूल्य घटाउने सम्बन्धमा यस अघी महासंघले सम्बन्धित उत्पादक संग भएको सहमति हाल सम्म कार्यान्वयनका नआएकोमा चिन्ता जनाएको छ ।


निर्माण सामाग्रीमा मूल्यवृद्धि र गरेको कामको भुक्तानी अभाव लगाएतका कारण बाट नेपालको निर्माण व्यवसाय क्षेत्र संकटमा परेको र यसका कारण अन्ततः पूर्वाधार खर्च बढन गई नेपाल सरकारको सार्वजनिक निकायहरुमानै आर्थिक बोझ थपिने जानकारी हुदाँहुदै मूल्यवृद्धि गर्ने पक्षलाई कारवाहि गर्नुको साटो तिनैको हितमा बोल्ने काम राज्यबाटै भएकोमा बागमति प्रदेश निर्माण व्यवसायी महासंघले भत्र्सना समेत गरेको छ ।


महासंघका महासचिव चन्द्रकुमार वाईवाद्धारा हस्ताक्षरित विज्ञप्तिमा मूल्यवृद्धि, कालोवजारी, कार्टेलिङ विरुद्ध सशक्त प्रतिवाद गर्न निर्माण व्यवसायी र आमउपभोक्ताहरुलाई आव्हान गरिएको छ ।