ठेडिखोला पुलको काम तिब्र, असारमै सकिने
4 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । जिल्लामा केहि यस्ता पनि विकास निर्माण छन् जुन बर्षौ सम्म अधुरा र सवैको लागि टाउको दुखाईको विषय बनेका छन् । निर्माण व्यवसायीले अनेक बाहानाबाजि गरेर निर्माण कार्य अलपत्र पारेर छाडेका थुपै्र उदाहरणका विचमा मन्थली नगरपालिकामा पर्ने तामाकोशी नदी मािथ निर्माणाधिन ठेडी खोलाको पक्कीपुल भने तोकिएको समय अगावै सम्पन्न हुने भएको छ ।
‘हाम्रो २०८२ साल भदौ अन्तिम सम्म म्याद छ’ ठेडिखोला पुलको निर्माण कार्यमा सम्लग्न निर्माण व्यवसायी कम्पनी कालिका – कल्पवृक्ष ÷जेभी का ईन्जिनियर राजेश पौडेलले भने – भदौ लाग्दैन, हामी असार भित्रै पुल सक्छौं । उनले पुलको अन्तिम स्ल्याब ( झण्डै ५४ मिटर लामो ) ढलान कार्य हुन थालेको र पुलको वारीपारीको पहुँच सडकको काम समेत सगसगैं भइरहेको वताए । उक्त पुलमा यस अघी ३ स्पान ढलान भइसकेको छ ।
‘निर्माण काममा कुनै समस्या छैन् ’ पौडेलले भने – तर गरेको कामको भने पैसा पाइएको छैन् । गएको असार देखि यता निर्माण व्यवसायीले पुल निर्माण कार्य गरे वापतको पैसा भुक्तानी पाएका छैनन् । झण्डै ५ करोड हाराहारीमा भुक्तानी लिनुपर्ने छ, आयोजनाले भुक्तानी रोक्दा पनि खोजखाज गरेर पुलको काम निरन्तर गर्दै आएको पौडेलले वताए । निर्माण कार्यमा भएको खर्चको भुक्तानी दिन सरकारले सकिरहेको अवस्था छैन् । अन्यत्रका केहि आयोजनाले भुक्तानी सरकारले गर्न थालेकोले ठेडीखोला पुल निर्माण वापतको खर्च पनि चाडै भुक्तानी होला भन्ने आशामा रहेको पौडेलले वताए ।
मन्थली नगरपालिका ७ को ठेडिखोला र वडा नम्बर ६ को कुनाउरी जोड्ने तामाकोशी नदी माथि निर्माणाधिन उक्त पुल कालिका कल्पवृक्ष जेभी ले निर्माण गरिरहेको हो । २०७८÷७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाईन एण्ड विल्ड प्रकृतिको हो ।
कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडा हुनेछ । पुलबाट दोहोरो यातायातका साधन संचालन गर्न सक्नेछन् । पुलको दायाँ बायाँ दुई दुई सय मिटर कालोपत्र सडकको निर्माण पनि सोहि ठेक्कामा समावेश भएकाले निर्माण व्यवसायीले उक्त सडकको काम पनि थालेको अवस्था छ ।
सरकारले पुल निर्माणका लागि भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का संझौता गरेको हो । ईन्जिनियर पौडेलका अनुसार उक्त रकम मध्ये करिव ६० प्रतिशत मात्र भुक्तानी भएको अवस्था छ । ‘९० प्रतिशत भन्दा बढीको काम गरिसकेका छौं, काम अनुसारको भुक्तानी हुन सकेन ’ पौडेलले वताए ।
मन्थलीको ठेडिखोला पुल निर्माण पश्चात काठमाडौ रामेछापका लागि सहज यात्रा हुनेछ । उक्त पुल संचालनमा आएपछि तामाकोशीको माथिल्लो पुल ( आकाशे पुल ) मा हुने आवागम केहि मात्रामा घटने जनाइएको छ । अहिले मन्थलीबाट आकाशे पुल हुदै भटौली पुग्नुपर्छ । तर ठेडिखोला पुल सकिएपछि मन्थली खुर्कोट सडक हुदै छोटो सडक बाटै भटौली पुग्न सकिने स्थानीय सुदर्शन पौडेलले प्रसाईले वताए ।
प्रदेश सरकारले भटौली खोलामा निर्माण थालेको पुलको काम भने रोकिएको छ । उक्त पुलको स्याब ढलानको तयारीका लागि केहि सामाग्री खसालिएको छ, तर कामले निरन्तरता पाएको छैन् ।
सरकारले मन्थली नगरपालिकाको तामाकोशीमा निर्माण गर्ने भनेर बजेट तथा कार्यक्रम राखेपछि तत्कालिन अवस्थामा पुल निर्माण स्थानको बारेमा भटौली र मन्थलीका बासिन्दा विच विवाद भएको थियो । मन्थलीको आकाशे क्षेत्रमा पुल वनाउदा भटौली तर्फको मात्र नभै गेलु तर्फका बासिनदालाई समेत सहज हुने भन्दै तत्कालिन अवस्थामा मन्थली तर्फका बासिन्दाले पुल अपाएक स्थानमा लगेको भन्दै भटौली तर्फका नागरिकको गुनासो थियो । त्यहि गुनासो सम्बोधन गर्ने गरी सरकारले ठेडिखोलामा पुल निर्माण गरेको हो ।
कमेन्ट गर्नुहोस्

रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..
रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..
23 घन्टा पहिले
मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै
रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदल..
1 दिन पहिले
राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने
रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने न..
1 दिन पहिले
मन्थली माविका ३४ शिक्षक सम्मानित
रामेछाप । मन्थली माविमा अध्यापन गर्ने ३४ जना शिक्षकहरुलाई शुक्रबार एकै साथ सम्मान गरिएको छ । माविमा लामो अवधि दे..
2 दिन पहिले
नगरले दियो किसानलाई दुधमा अनुदान
रामेछाप । मन्थली नगरपालिकाले गाईभैसी पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्धेश्यले यस बर्ष पनि दुधमा अनुदान ..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता

