+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

8 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप नगरपालिकाले वडा नम्बर ६ को ओख्रेनीमा आईतबार सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाबाट चालु आर्थिक बर्षको हाल सम्म भएका विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा उक्त सार्वजनिक सुनुवाई गरिएको हो ।


नगर प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले नगरपालिकाले सम्पादन गरेका विभिन्न विषयगत शाखा समेतका क्रियाकलापको प्रगति अवस्थाका बारेमा प्रकाश पारेका थिए ।


कार्यक्रममा स्थानीय नागरिक अगुवाहरुले नगरपालिकाबाट गरिएको अपेक्षा र हुन नसकेका विकास निर्माणको कामको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमकै अवसर पारेर भिडियो एक्सरे, महिलाहरुको पाठेघरको क्यान्सर परिक्षण, विभिन्न रोगको परिक्षण र औषधि वितरण, आयुर्वेद चिकित्साबाट विरामीको उपचार, सामाजिक सुरक्षा अन्तरगतका विभिन्न कार्य, किसानलाई तरकारीको विउ विजन वितरण, पशु औषधि र सेवा लगाएतका नगरपालिकाबाट सम्पादन हुने सार्वजनिक सेवा समेत संचालन गरिएको थियो । सयौं स्थानीय बासिन्दाले उक्त सुविधा लिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा नगरप्रमुख लबश्री न्यौपाने, उप प्रमुख बालकुमारी कार्की, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई र वडा अध्यक्षहरु र विषयगत शाखाका प्रमुखहरुले सहभागिबाट आएका जिज्ञासाका सम्बन्धमा स्पष्ट पारेका थिए ।


रामेछाप नगरपालिकाले वडा तहमानै पुगेर सार्वजनिक सुनुवाई गर्ने र सोहि दिन घुम्ती शिविरको रुपमा नगरपालिकाबाट सम्पादन हुने सम्पूर्ण सेवा समेत प्रवाह गर्ने गरेको छ । यसअघील्लो सार्वजनिक सुनुवाई वडा नम्बर ९ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले