रामेछाप । रामेछापको फर्पु र खिम्तीको विचमा बग्ने छतिवने खोलाको माथिल्लो छाँगोमा बेबारिसे महिलाको शव फेला परेको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार करिव ५० बर्षिया महिलाको उक्त शव सडिगलेको अवस्थामा शुक्रबार फेला परेको हो । मंगोलियन जस्तो मुहार भएको उक्त शव उठाएर मन्थली अस्पतालमा पोष्टमार्टमका लागि राखिएको र हुलियाको आधारमा आफन्तको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जनाएका छन् ।