चिसापानीमा वित्तिय साक्षरता
8 महीना पहिले प्रकाशित
रामेछाप । ग्लोबल मनी सप्ताहका अवसरमा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघले मन्थली ८ चिसापानीमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
संघका उपाध्यक्ष नविनकुमार केसीको अध्यक्षतामा भएको सो कार्यक्रमको मन्थली ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा श्रेष्ठले सरकारी संस्थाहरु र स्थानीय तहले वित्तिय साक्षरता कक्षा संचालन गर्न सके नागरिकहरुमा बचत तथा लगानीका बारेमा सचेतना जगाउन सकिनेमा जोड दिए ।
कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ र पत्रकार टीकाप्रसाद भट्टले सहकारी संस्था धेरै भएपनि सहकारी मार्फत वित्तिय सारक्षताको अभाव रहेको औंल्याए । उनिहरुले सहकारी संस्थाहरुले बलजफ्ती सदस्यता वनाएको तर वचत र ऋणको कारोवारको बारेमा सचेत नगराएकोले बारम्बार नियमित वचत र ऋणको कारोवार गर्नमा समस्या आउने गरेको वताएका थिए ।
साक्षरता कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघकी सदस्य शोबिता न्यौपाने सुवेदीले वित्तिय साक्षरता कार्यक्रमले आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन गराउन सकिने आशा व्यक्त गरिन । सो कार्यक्रममा नेपाल बचत तथा ऋण सकारी केन्द्रीय संघ ( नेप्फ्सुक ) रामेछापका प्रमुख सूर्यवहादुर थापाले वित्तिय साक्षरताका बारेमा प्रश्तुतिकरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
