रामेछाप । जिल्लाको एक मात्र स्ववियु भएको क्याम्पसमा पराजय भोगेपछि नेपाल विद्यार्थी संघ रामेछापले जिल्ला समितिमा १ पदाधिकारी र ३ जना सदस्यलाई मनोनयन गरेको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष विनोद बुढाथोकीले जिल्ला समितिको सचिवमा रेजन बुढाथोकीलाई मनोनयन गरेका छन् । सदस्यमा भने स्ववियु निर्वाचनमा उमेदवार भएर पराजित हुनेहरु विपुल रोका र छाँया तामाङलाई मनोनित गरीएको छ । यसअघीका मन्थली शहीद स्मृति क्याम्पसका स्ववियु सभापति अबिनाश कार्की समेत जिल्ला समितिमा मनोनयनमा परेका छन् ।
नेपाल विद्यार्थी संघका अनुसार मन्थली शहीद स्मृति क्याम्पसको इकाई सभापतिमा युवराज बुढाथोकीलाई चयन गरिएको छ । बुढाथोकी पनि स्ववियुमा नेबिसंघको तर्फबाट सचिव पदका लागि प्रत्यासी थिए ।
यसैविच स्ववियू निर्वाचनमा पराजयको कारण बारे नेपाल विद्यार्थी संघले समिक्षा समेत गरेको छ । समिक्षा कार्यक्रममा काँग्रेसका केहि नेताहरुको समेत सहभागिता रहेको जनाइएको छ । समिक्षामा अव संठगनलाई चुस्त वनाउदै सशक्त कार्यक्रम मार्फत विद्यार्थीहरुका समस्याहरु समाधानका लागि क्रियाशिल हुने प्रतिवद्धता गरिएको जनाइएको छ ।
