रामेछाप । रामेछाप जिल्लाको एक मात्र स्ववियु मान्यता पाएको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियुमा निर्वाचनमा अनेरास्ववियुका सुशिल थापा विजयी भएका छन् । उनी यस अघी स्ववियुमा सचिव रहेका थिए ।
भर्खरै सकिएको मतगणनाको नतिजा अनुसार अध्यक्षका उमेदवार थापाले २ सय ७ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेपाल बिद्यार्थी संघका उमेदवार विपुल रोकाले १ सय ५२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा रहेका अखिल क्रान्तिकारीका अनोज भुजेलले ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
मतगणनाको अन्तिम नतिजा अनुसार सचिवमा अखिलका मुकेश भण्डारी १ सय ८५ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धि नेपाल विद्यार्थी संघका युबराज बुढाथोकीले १ सय ६५ मत पाएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा अखिलकै मसली तामाङले २ सय ३ मत पाएर विजयी हासिल गरेकी छिन् भने उनीकी निकटतम प्रतिस्पर्धि नेपाल विद्यार्थी संघकी छाया तामाङले १ सय ३६ मत पाएकी छिन् ।
स्ववियुको निर्वाचनमा अधिकांश सदस्यहरु समेत अखिलकै उमेदवारले विजय हासिल गरेका छन् । एक जना उमेदवार भने नेपाल विद्यार्थी संघबाट विजयी भएका छन् । कुल ५ सय ३१ जना मतदाता रहेको सो क्याम्पसमा ४ सय २७ मत खसेको थियो । उक्त क्याम्पसमा अघील्लो स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका उमेदवार विजयी भएका थिए ।
