रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था मन्थलीको आयोजनामा रामेछाप नगरपालिकाको रामपुरमा शनिबार निशूल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।


रामेछाप नगरपालिका ५ को समन्वयमा भएको उक्त शिविरमा भिडियो एक्स्रे, दाँत, आँखा उपचार तथा चस्माको सेवा, स्त्री रोग र जनरल स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो ।
तामाकोशी अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा रामपुर र आसपासका १ सय ९० जना विरामीले स्वास्थ्य परिक्षण, उपचार र ओैषधि प्राप्त गरेका थिए ।


मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले दुर्गम स्थानमा संचालन गरिएको शिविरमा केहि बर्ष देखि रोग पालेर वसेका दिर्घरोगी देखि आँखा र दाँत सम्बन्धि धेरै विरामीले सेवा पाएका थिए ।


शिविरमा तामाकोशी अस्पतालका चिकित्सक डा. सुमन कर्माचार्य, डा. आषिश न्यौपाने, डि.एच. सरोज यादव र रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश लोप्चन लगाएतका स्वास्थ्यकर्मीले सेवा उपलव्ध गराएका थिए ।


मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा रहेका संस्थाका शेयर सदस्यका अतिरीक्त स्थानीय बासिन्दाहरुको सेवाका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त शिविर संचालन गरेको हो । संस्थाका शेयर सदस्यले तामाकोशी अस्पतालमा उपचारका लागि आउदा छुट पाउने र दुर्घटना विमावापत १ लाख रुपैयाँ पाउने व्यवस्था संस्थाले गरेको छ । संस्थामा झण्डै १७ हजार सदस्यले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।