रामेछाप । युवा तथा साहसिक पर्वतारोहि प्रकाशराज पाण्डेले ल्याष्ट्रिन अमेरिकी देश अर्जेटिनामा पर्नेे माउण्ट अकोन्कागुआ हिमालको सफल आरोहण गरेका छन् । विश्वका सबै महादेशका सर्बोच्च शिखर आरोहण गर्ने अभियान लिएर अर्जेन्टिना पुगेका पाण्डेले बिहिबार उक्त शिखर सफल आरोहण गरेका हुन । दक्षिण अमेरीकी मुलुक अर्जेन्टिनाको अकोन्कागुआ ६ हजार ९ सय ५९ मिटर अग्लो शिखर हो ।


रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङ घर भएका युवा पर्वातारोहि पाण्डेले यस अघी विश्वको सर्बोच्च शिखर सगरमाथा, युरोपको सर्बोच्च शिखर ५ हजार ८ सय ५२ मिटर अग्लो एलब्रस र अफ्रिकाको ५ हजार ८ सय ९५ मिटर अग्लो किलीमन्जारो हिमालको सफल आरोहरण गरीसकेका छन् । त्यसका अतिरीक्त नेपालका केहि उच्च हिमालहरुको पनि पाण्डेले सफल आरोहण गरेका हुन ।


प्रधानमन्त्री केपी शर्मा ओलीले विदाईमा दिएको नेपालको झण्डा पाण्डेले अर्जेन्टिनाको माउण्ट अकोन्कागुआको टाकुरामा फहराएका थिए । उनले शिखरमा पुग्न सहयोग गर्ने सबैमा धन्यवाद सहितको सन्देश सामाजिक संजालमा राखेका छन् ।