उत्पादन रामेछापको, नाम सिन्धुलीको, कोशेली काठमाडौंको !
10 महीना पहिले प्रकाशित
रामेछापमा जुनारको दाना,
किनी खादाँ दानाको बाराना,
जुनार रसिलो, साहुनीको के सारो मुहार हँसिलो ।
रामेछाप । अहिले यूट्वमा खोज्दा भेटिने, यो गीत केहि बर्ष अघी रामेछापेली जनजिब्रोमा बसेको थियो । जुन बेला रामेछापको जुनार सडक अभावमा अन्यत्र जिल्लाका बजारमा जादैनथ्यो । बाराना अर्थात ७५ पैसा दानाको दरले बिक्री गर्न पनि हम्मे थियो किसानलाई ।
तर अव उक्त गीतमा भनेको जस्तो न बारानामा जुनारको दाना पाईन्छ, न रामेछापको जुनार भनेर नाम लिईन्छ । रामेछापको दक्षिणी क्षेत्रमा उत्पादित रसिलो जुनारको स्थानीयले बजारीकरण गर्न नसक्दा छिमेकी जिल्ला सिन्धुलीले रामेछापको नाम मेटेर आफ्नो बनाईसकेको छ । रामेछापका विभिन्न स्थानमा चिचिलै जुनार बगैंचामानै विक्री गर्ने किसान बढेका छन् । पाक्नु अघीनै बगैंचा बिक्री गर्नेले रामेछापको नाम नमेटियोस भनेर कुनै सरोकार राख्दैन, किसानलाई सरोकार छ त मात्र पैसा सँग ।
त्यसैले रामेछापमा उत्पादन भएपनि रामेछापेली लोभलाग्दो जुनारले केहि बर्ष देखि सिन्धुलीको जुनार भनेर चर्चा र पहिचान बनाउँदैछ । बिपी राजमार्गको खनियाखर्क, सिन्धुली, चियावारी खुर्कोट र रातमाटा लगाएतका बजारमा रामेछापको जुनार लगेर सिन्धुलीको जुनार भनेर विक्री गर्ने व्यवसायी बढेका छन् ।
सिन्धुलीका व्यवसायीहरु रामेछापका बारि कान्लामा आईपुग्छन् । रामेछापबाट सस्तो भाउमा जुनार किनेर सिन्धुलीमा लाने उनिहरुले झण्डै दोब्बर भाउमा विक्री गर्छन् । ‘बजारमा पुग्ने जुनारको भाउ निर्धारण ग्राहक र व्यवसायीको कुरा हो , तर उनीहरुले रामेछापको जुनारलाई सिन्धुलीकै हो भनेर विक्री गर्नु चाँहि धर्म छोडेका हुन् ’ ओख्रेनीको जुनार किसान विकास लामा भन्छन् – म दुख्ख गरेर जुनार फलाउने, मैले बेचेको जुनार मै किन्न जाँदा सिन्धुलीको भनेर किन्नुपर्ने बाध्यता छ ।
सिन्धुली जुनारका लागि रामेछाप जस्तै ख्याति कमाएको जिल्ला हो । तर सिन्धुलीको जुनार बेलामानै सकिन्छ । त्यसपछि व्यवसायीको आँखा रामेछाप तिर लाग्ने हो । ‘रामेछापको जुनार लगेपछि रामेछापकै जुनार भनेर विक्री गर्दा हुन्थ्यो ,त्यसले हामी उत्पादक किसान र जिल्लाको नाम र ईज्जतनै अर्कै हुन्थ्यो ’ लामाले चिन्ता व्यक्त गर्दै भने – त्यति भन्दा सिन्धुलीका व्यवसायीको के जान्थ्यो ? ।
‘कास्कीका विभिन्न स्थानमा स्याउ फल्छ, तर पोखराको बजारमा स्याउ किन्न जानेलाई व्यवसायीले यो कास्कीको हो, यो मुस्ताङ हो भनेर विक्री गरीरहेका हुन्छन्’ स्थानीय तिर्थवहादुर तामाङ भन्छन् – सिन्धुलीका व्यवसायीले पनि त्यति गरीदिए हामी र हाम्रो जिल्लालाई न्याय हुन्थ्यो ।
रामेछापमा प्रमुख राजमार्ग छैन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले जुनारलाई ब्राण्डिङ गरेर रामेछापकै पहिचान दिलाउने गरी देशका प्रमुख वजार सम्म पु¥याउन किसानलाई सघाएका छैनन् । किसान पहिचान संग भन्दा पनि पैसा सँग नजिकिएका छन्् । सिन्धुली जिल्लाले बिपी राजमार्ग खुल्नु अगावै गाडिमा काठमाण्डौं सम्म जुनार लगेर सिन्धुलीको जुनारको प्रचार गरायो । अहिले त दिनमा सयौं गाडि गुड्ने बिपी राजमार्ग उनीहरुको प्रमुख वजार भएको छ । काठमाण्डौं र तराई ओहोर दोहोर गर्नेको कोशेली त्यहि जुनार हुने गरेकाले पनि धेरै भाउमा जुनार विक्री भइरहेको छ ।
सडक छेउका पसलनै पहेलपुर हुने गरी राखिएका रामेछापको जुनार काठमाडौंका बासिन्दालाई कोशेली वन्दै आएको छ । कोशेली बन्ने चिज फलाउने जिल्ला भने गुमनाम छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
