प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, चैत्र २४ गते । कपिलवस्तुको बिजयनगर गाउँपालिकाको वडा नं ५ नौरगिंया र डालपुरमा ब्यवसायिक रुपमा दुधको खोवा बनाउदै अधिकांश स्थानियहरुले आफ्नो जिबिकोपार्जन गर्दै आएका छन ।
एउटै घरमा १० देखी ३० भैसी सम्म पाल्दै आएका स्थानियले दुधको परिकारबाट खोवा बनाउदै बिक्री वितरण गर्दै आएका छन । भने केही स्थानियले यिनै खोवा बनाउने भट्टामा दुध बिक्रि गर्दै आएका छन । यसले गर्दा यहाका स्थानियले दुध आफैनै गाउँ वरपर बिक्री गर्ने गरेका छन ।
तर बजार भाउ भने निकै कम रहेको छ । जिल्लाका मूख्य बजारमा ८० रुपैया प्रतिलिटर सम्म दुध बिक्री हुन्छ भने गाउमा भने ५० देखी ६० रुपैया सम्म बिक्री हुदै आएको छ ।
यस्तै गाउँमा उत्पादन भएको खोवा स्थानियले बहादुरगञ्ज , कृष्णनगर ,महाराजगञ्ज, तौलिहवा सम्म बेच्दै आएका छन । यसबाट आफनो दैनिक गुजारा चलाउन सजिलो भएको राजु यादबले बताउनुभयो । प्रतिकेजी ५ सय देखी ५५० रूपया सम्म खोवाको मूल्य रहेको छ ।
यसको बजारीकरणको भने समस्या रहेको स्थानियले बताएका छन । यसका लागि पालिका स्तरमै बिक्री हुने खालको बजार हुनुपर्ने उनीहरुको माग रहेको छ । खोवा बनाउने क्रममा धेरै दाउरा चाहिने भएकोले दाउराको ब्यवस्था गर्न पनि समस्या हुने गरेको स्थानिय कृषक मुकेश अहिरले बताउनुभएको छ ।
यस गाउँमा लुम्बिनी प्रदेश सरकारले भैसी श्रोत केन्द्र कार्यक्रम सञ्चालन गरेपछि भैसी पालनतर्फ झन कृषक आकर्षित भएका छन । यस गाउँमा ८० घरधुरीमा मात्र ९ सय ५० वटा भैसी पालन हुदै आएको छ ।
दुधको खोवा बनाउदै गुजारा चलाउदै नौरगिंयाका पशुकृषक
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
2 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
2 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
3 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
3 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
3 दिन पहिले
संवाददाता
