रामेछाप । छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धि कार्यविधि २०८३ खारेजिको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले सोमबार जिल्ला हुलाक कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ ।

महासंघका जिल्ला अध्यक्ष दिपक घिमिरेले बुझाएको ज्ञापन पत्रमा चालु आर्थिक बर्षकाे बजेटमा बाझिने गरी सरकारले ल्याएको उक्त कार्यविधि विभेदकारी र खेदजनक भएकाले खारेजीको माग गरिएको छ । कार्यविधिमा लोककल्याणकारी विज्ञापनको रकममा ५० प्रतिशत सम्म कटौति हुने कुरा उल्लेख छ ।

महासंघको उक्त व्यवस्था प्रति भत्र्सना समेत गरेको छ । साथै कार्यविधि सरकारले फिर्ता नलिए सम्म लोककल्याणकारी विज्ञापन बापत भुक्तानी गर्ने गरी कुनै पनि विल नबुझ्न कार्यालयलाई आग्रह गर्दै विल बुझ्ने र भुक्तानी प्रकृया गरेको पाइएमा मंगलबार देखि कार्यालयमा तालावन्दी गर्ने चेतावनी समेत दिईएको छ । नेपाल पत्रकार महासंघले उक्त कार्यविधि खारेजिको माग गर्दै दशैभरका महासंघका शाखा मार्फत आन्दोलनका कार्यक्रम अघी सारेको छ ।