रामेछाप । नेपाल औषधि व्यवसायी संघ रामेछापको शनिबार सम्पन्न छैठौं अधिवेशनबाट मदन भौकाजीको अध्यक्षतामा जिल्ला समितिका पदाधिकारी निर्बिरोध निर्बाचित भएका छन् ।
छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ, महासचिवमा विक्रम कुमार श्रेष्ठ, कोषाध्यक्षमा कोमल प्रसाद कोईराला र सदस्यमा अम्बर योन्जन निर्बाचित भएका छन् ।
संघका रामेछाप–दोलखा जिल्लाका अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त अधिवेशनको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गरेका थिए ।
