रामेछाप । बागमति प्रदेश भित्र रहेका जिल्ला प्रहरी कार्यालयहरु मध्ये २०८३ भदौ महिनामा सर्बोत्कृष्ट कार्य संपादन गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जैसवार सम्मानित भएका छन् ।
बागमति प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा भदौ महिनाकाे सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषित गरी जैसवारलाई सम्मान गरिएको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले जैसवारलाई सम्मान पत्र प्रदान गरेका थिए ।
जिल्ला प्रहरी रामेछापले अपराध नियन्त्रण, अनुसन्धान, लागू औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम, फरार अभियुक्त पक्राउ गरी कानुन कार्यान्वयन र शान्ति सुरक्षाको अवस्थालाई सबल बनाउने कार्यको आधारमा उक्त सम्मान गरिएको जनाइएको छ ।
