रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल रामेछापले भदौ १० गते भोटेकोशीमा आएको बाढी बाट प्रभावितहरुका लागि राहत तथा उद्धार कार्यमा ८५ हजार सहयोग गरेको छ ।

नेपाल तरुण दलका नेता तथा गोकुलगंगा गाउँपालिका रामेछापका अध्यक्ष काजीवहादुर खड्का ( दिनेश ) ले उक्त रकम नेपाल तरुण दल केन्द्रीय समितिलाई हस्तान्तरण गरेका छन् । तरुण दलका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले उक्त रकम संकलन गरेर दैविप्रकोप उद्धारका लागि सहयोग गरेका हुन् ।