रामेछाप । रामेछापमा शनिबार विहान बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । नगरपालिका–८ भंगेरी मन्दरेमा बस र मोटरसाइकल आपसमा ठाेकिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप नगरपालिका ५ रामपुरबाट काठमाडौँ जाँदै गरेको बसले बा प्र ०२ – ०५४ प ५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रामेछाप नगरपालिका–९ का २८ वर्षीय गरिराज खड्गी र पछाडि सवार २७ वर्षीया लक्ष्मी श्रेष्ठ घाइते भएका छन् । घाइते दुवै जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
