रामेछाप । रामेछाप  बाट  मन्थली तर्फ आउदै गरेको जीप दुर्घटना हुँदा उक्त जीपमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटना मन्थली नगरपालिका १ मच्छेडाँडी सडकमा भएको हो ।

केहि बेर अघी भएको सो दुर्घटनामा परि दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–३ का करिब २८ वर्षीय सन्जित तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बा.प्र.०१–०२६ च ४९१३ नम्बरको उक्त जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी चालक सोही स्थानका ३० वर्षीय प्रदीप लामाको ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।