रामेछाप । राष्ट्रसेवक कर्मचारी सहकारी संस्था लिमिटेडको आयोजनामा बिहिबार रामेछाप बजारमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । 

संस्थाकी अध्यक्ष घना श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेको थियो ।