दोलखा । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा उद्धार कार्यका लागि दोलखाको भीमेश्वर नगरपालिकाले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ३० लाख ६२ हजार ५ सय ७९ रुपैया सहयोग उपलव्ध गराउने भएको छ ।
जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगाएतको पारिश्रमिक समेत बाट उक्त सहयोग उपलव्ध गराउने निर्णय गरेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त दिनको प्रलयकारी बाढीमा परेर मृत्यू भएका र वेपत्ता भएको भीमेश्वर नगरपालिका भित्र स्थायी ठेगाना भएका व्यक्तिका परिवारलाई प्रति परिवार १ लाख उपलव्ध गराउने र घाईते भएकाहरुको उपचारका लागि प्रति घाईते २५ हजार उपचार खर्च उपलव्ध गराउने निर्णय समेत नगरपालिकाले गरेको छ ।
