रामेछाप । जेनजी आन्दोलन र भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएको सम्झनामा रामेछापको मन्थली स्थित देबकोटाचोकमा मंगलबार साँझ दीपावली गरिएको छ ।
जेनजी समूह रामेछापले आयोजना गरेको उक्त कार्यक्रममा युवाहरुले दिवावली गरेका थिए । सरकारले जेनजी दिवसको अवसरमा मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो । मंगलबार जेनजी आन्दोलन भएको एक बर्ष पुरा भएको छ ।
