काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३ सय ५७ जनाको शव फेला परेका छन् । फेला परेका शवमध्ये केहि पूर्णकदका शव छन् भने केहि अंग मात्र रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल सम्म १ सय २ वटा शवको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि करिब पाँच हजार ३ सय २६ जना अझै सम्पर्क विहीन रहेको जनाइएको छ ।
सम्पर्क विहिन बनेकोमा रसुवाका दुई हजार ८ सय ६०, नुवाकोटका एक हजार ९ सय ८१ नेपाली र करिब ५ सय ८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जानकारी दिएको छ ।
