रामेछाप । भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढीले प्रभावित परिवारको राहत तथा उद्धार कार्यका लागि रामेछापमा युवा व्यवसायी विनोद श्रेष्ठ (केदार) ले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
श्रेष्ठले उक्त रकम सोमबार कोषमा जम्मा गरेका छन् । उनले उक्त दुखदायि घटनामा परेर ज्यान गुमाएका प्रति दुख्ख व्यक्त गर्दै घाईते र विस्तापित परिवारलाई तत्काल मानवोचित कार्यको लागि सहयोग पुगोस भन्ने कामना समेत गरेका छन् ।
रामेछापमा लामो समय देखि निर्माण व्यवसाय र निर्माण सामाग्रीहरुको व्यापार गर्दै आएका मन्थली नगरपालिका १३ देविटार निवासी श्रेष्ठले यसअघी विभिन्न धार्मिक तथा सामाजिक कार्यमा उल्लेखनिय सहयोग गर्दै अगुवा समाजसेविको छवि बनाएका छन् । श्रेष्ठ रामेछाप उद्याेग वाणिज्य संघका सल्लाहकार रहेर काम गरीसकेका व्यवसायी हुन् ।
