मन्थली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले पत्रकार हिमाल ढुङ्गेल र ललिता हायूलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

सोमबार सम्पन्न महासंघको १३ औं बार्षिक साधारण सभाको अवसरमा उनीहरु सम्मानित भएका हुन् । खोज पत्रकारिता पुरस्कार बाट ढुंगेल र उत्कृष्ट जनजाति पत्रजाति बर्ष पुरस्कार बाट हायुलाई सम्मानित गरिएको महासंघले जनाएको छ । दुवैलाई मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पुरस्कार तथा सम्मानपत्र प्रादन गरेका छन् ।

फोनिजका जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ सहित विभिन्न बक्ताले बार्षिक साधारण सभाको सफलताको शुभकामना दिनुका साथै बर्तमान परिस्थितिमा प्रेस जगतलाई हेर्ने राज्यको आँखा र संचारकर्मी र संचारमाध्यमले निभाउनु पर्ने भूमिकाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।