मन्थली — लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङस्थित पुष्पलाल मार्गको खिम्ती–मन्थली खण्डमा गएराति पहिरो झरेपछि सडक अवरुद्ध भएको छ।
उक्त स्थान जिल्ला सदरमुकाम मन्थलीबाट करिब सात किलोमिटर उत्तरमा पर्छ। पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ।
तिल्पुङ स्थित पुष्पलाल मार्गको उक्त खण्डमा यसअघि पनि पटकपटक पहिरो झरेर सडक अवरुद्ध हुँदै आएको थियो। पहिरो पन्छाएर अस्थायी रूपमा सडक सञ्चालन गर्दै आए पनि वर्षायाममा सो क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
